• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका तीन पत्रकारलाई `साझामञ्च दशक सेवा सम्मान´, सञ्चालक समिति सर्वसम्मत


  •    संवाददाता/ बुधबार, पुष १७, २०८१  

  • झापाका तीन जना पत्रकारलाई ‘साझामञ्च दशक सेवा सम्मान’ प्रदान गरिएको छ ।

    साझामञ्च मिडिया प्रालिले १२ औं स्थापना दिवस एवम् वार्षिक साधारणसभाको अवसरमा पत्रकार सरोज भट्टराई, उमानाथ भण्डारी र द्रोण अधिकारीलाई सम्मान गरेको हो ।

    Advertisement

    बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच तीन जना पत्रकारलाई कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईंले नगद ११ हजार, कदरपत्रसहित सम्मान गरेका हुन् ।

    Advertisement

    साझामञ्चमा स्थापनाकालदेखी आवद्ध रहेर निरन्तर सेवारत पत्रकारहरुलाई सम्मान गरिएको कार्यकारी प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।

    उक्त अवसरमा साझामञ्चले नेपाल पत्रकार महासंघ झापा, कोशी प्रदेश र केन्द्रमा विभिन्न जिम्मेवारीमा निर्वाचित हुने पत्रकारहरुलाई बधाई ज्ञापन गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले वेथिती र अराजकता विरुद्ध मिडिया क्षेत्रले बलियो ढंगबाट कलम चलाउनुपर्ने बताएका छन् । उनले पछिल्लो समय गलत सूचनाका कारण समाजमा निराशा बढाएकोमा चिन्ता व्यक्त गरेका थिए ।

    मिडियाका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

    निर्देशक सुवास भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख गोपाल काफ्लेले गरेका थिए ।

    यस्तै सोही अवसरमा साझामञ्च मिडिया प्रालिको वार्षिक साधारण सभाको बन्दसत्रले तीन वर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

    मिडियाको अध्यक्षमा एकराज कार्की, उपाध्यक्षमा खड्गप्रसाद दाहाल, सचिवमा गोपाल काफ्ले तथा सञ्चालक सदस्यहरुमा नारायणप्रसाद पोखरेल, कृष्णप्रसाद घिमिरे, पुण्यप्रसाद भट्टराई रहेका छन् ।

    सचिव गोपाल काफ्लेलाई कम्पनीको कार्यकारी प्रमुख र साझामञ्चले सञ्चालन गरेका सञ्चार माध्यमहरुको प्रधान सम्पादकमा निरन्तरता दिने निर्णय गरिएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.