पतन्जली योग समिती मेचीनगरलाई रितिका डेरी उद्योगका सञ्चालक सदस्य राजन चिमरियाले ट्रायक सुट सेट सहयोग गरेका छन् ।
चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष समेत रहेका चिमरियाले ४५ थान ट्रायक सुट प्रदान गरेका हुन् ।
उनले उक्त ट्रायक सुट पतन्जली योग समिती मेचीनगर अध्यक्ष गणेश काफले, मेचीनगर-१२ का अध्यक्ष हरि न्यौपाने, पाउ पाथिभरा मन्दिर सञ्चालक समिति सदस्य रमेश भट्टराईलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
Advertisement
‘गरौ योग, रहौ निरोग’ भन्ने मुल नारालाई अत्मासाथ गर्नुका साथै अंग्रेजी नयाँ वर्षको अवसरमा सहयोग गरेको समाजसेवी चिमरियाले बताए ।







