झापाको दमकमा अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।
दमक अपाङ्ग सहयोग समितिको आयोजनामा सञ्चालित तालिमको दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले उद्घाटन गरेका हुन् । मंगलवारबाट सुरु भएको तालिम पुस २० गते सम्म सञ्चालन हुने छ ।
“अपाङ्गता समावेशी न्यायमा पहुँच सहितको जनउत्तरदायी स्थानिय सरकार, दिगो भविष्यका लागि अपाङ्गता भएका व्याक्तिहरुको सशक्त नेतृत्व हाम्रो सरोकार” भन्ने नाराका साथ तालिम सुरु भएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई योजना निर्माणका लागि आवश्यक पर्ने सूचना, नेपाल सरकार पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय महासन्धि, सन्धिहरूले व्यवस्था गरेका कानुनहरूको कार्यान्वयन नेपालको संविधान अपाङ्गता अधिकार सम्बन्धी ऐन नियमावली र कार्यविधिले व्यवस्था गरेको अधिकार प्राप्तिका लागि वकालत गर्ने दक्ष जनशक्ति निर्माणका लागि तालिमको आयोजना गरिएको दमक अपाङ्ग सहयोग समितिका सचिव मदन कुमार बोहोराले बताए ।
त्यसलाई सतहमा ल्याएर साँच्चिकै अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति सरह सबै काम सँगसँगै गर्न सक्छन् भन्ने उदाहरण पेश दिनकालागी यो तालिम उपयोगि हुने राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक सुदर्शन सुवेदीले बताए ।
दमक अपाङ्ग सहयोग समितिमा अध्यक्ष खगेन्द्र भट्टराइको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका पुर्व नगर प्रमुख रामेनाथ ओली, करुणा फाउण्डेसनका नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोईराला, साझेदार संस्थाहरको तर्फबाट नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा सभापति प्रकाश बुढाथोकी लगायतले तालिम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।







