• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार महासंघ झापाको पद हस्तान्तरण, सञ्चारकर्मी डायरी विमोचन


  •    संवाददाता/ मङ्गलबार, पुष ०९, २०८१  

  • नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनमा निर्वाचितहरुलाई पद हस्तान्तरण गरिएको छ ।

    नवनिर्वाचित महासंघका पदाधिकारीहरु, प्रदेश परिषद् सदस्य र राष्ट्रिय परिषद सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

    Advertisement

    निर्वाचन समिति संयोजक शिरो साइन्दाई (शिरोमणि खतिवडा)ले नवनिर्वाचित समितिको नाम घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए भने महासंघ झापा शाखाले निर्वाचन समितिलाई कदरपत्र प्रदान गरेको थियो ।

    Advertisement

    निर्वाचन समिति संयोजक खतिवडासहित निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, लक्ष्मी खनाल कोइराला र प्राविधिक प्रमुख विगम श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको हो । महासंघ झापा शाखाको सम्पन्न निर्वाचनमा सचिव पदमा राजु पाठक र प्रदीप परियारको मत बराबरी आएपछि गोलाप्रथाबाट पहिलो कार्यकाल पाठक र दोस्रो कार्यकाल परियारले सञ्चालन गर्ने भएका छन् ।

    त्यस्तै ३६ औं स्थापना दिवसको अवसरमा सञ्चारकर्मी डायरी विमोचन गरिएको छ ।

    बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवस मनाएको हो ।

    नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका थिए ।

    प्रमुख अतिथिसमेत रहेका भण्डारीले महासंघ झापामा आवद्ध २२० सञ्चारकर्मीको व्यक्तिगत विवरणसहितको सञ्चारकर्मी डायरीको विमोचन गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा झापा शाखालाई उत्कृष्ट बनाउन प्राविधिक सहयोग पु¥याएको भन्दै सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया, महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो ।

    उक्त अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीसहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्विका भण्डारी, कोषाध्यक्ष विमल लामिछाने, फोनिजका केन्द्रीय सदस्य दीपिन राई, पत्रकार राजेन्द्र गौतम, गिरिराज भट्टराई, प्रदिप परियार, शम्भुजीत दाहाल, लीला अनमोललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    उपाध्यक्ष केशव भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन डिकेश लामा र राजु पाठकले संयुक्त रुपमा गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.