पछिल्लो समय जन्मदिनको अवसरमा फजुल खर्च गर्ने परिपाटी बढ्दै गएको समयमा झापाको मेचीनगर नगरपालिका वडा नं.१२ की मुना चिमरिया प्रसाईंले भने फरक तरिकाले आफनो जन्मदिन मनाएकी छन् ।
उनले जन्मदिनको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.१४ मा रहेको आत्मज्ञान प्रचार संघको भवनमा स्वच्छ पिउने पानी जडानका लागि १० हजार रकम सहयोग गरेको चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव प्रेमराज घिमिरेले जानकारी दिए ।
जन्मदिनमा सामाजिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले स्वच्छ खानेपानी जडानका लागि सहयोग गरेको चिमरियाले बताइन् ।
खानेपानी जडान गर्न लाग्ने २२ हजार १५० मध्ये चिमरियाले १० हजार रकम सहयोग गरेको र अन्य रकम आत्मज्ञान संस्थाले स्वयम् बेहोर्ने चारआली खानेपानी संस्थाका सचिव घिमिरेले बताए ।
उक्त रकम उनले संस्थाका अध्यक्ष राजन चिमरियालाई बुधबार हस्तान्तरण गरेकी छन् ।







