• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनपीएलको प्लेअफ समीकरण पूरा, काठमाडौँ गुर्खाज बाहिरियो


  •    संवाददाता/ सोमबार, पुष ०१, २०८१  

  • सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

    सुदूरपश्चिमसँग हारे पनि कर्णालीले नेट रन रेटमा काठमाडौँ गुर्खाजलाई पछि पार्दै प्लेअफमा पुगेको हो । काठमाडौँ भने लिग चरणबाट बाहिरिएको छ ।

    Advertisement

    कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए भने ईशान पाण्डे ३८ रनमा नटआउट रहे । कर्णालीका कप्तान सोमपाल कामी र विपिन शर्माले १-१ विकेट लिएका थिए ।

    Advertisement

    यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २० ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो । कर्णालीका जीशान मक्सूदले ३० रन बनाए । सुदूरपश्चिमका हरमीत सिंहले ३ विकेट लिएका थिए ।

    कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्याएको भए काठमाडौँ प्लेअफमा पुग्ने समीकरण बनेको थियो । योसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । यसअघि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् ।

    बुधवार इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्नेछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

    पर्सि नै दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

    दोस्रो क्वालिफायर खेल आउँदो बिहीवार दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.