काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको कारणसहित जनतामाझ चुनावमा जान आफूनिकट निवर्तमान सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
सोमवार बालुवाटारमा भएको छलफलमा ओलीले राष्ट्रपतिमाथि नै महाभियोगको तयारीका भएकाले आफूले संसद विघटन गर्नुपरेको प्रष्टीकरण दिनुभएको थियो ।
नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी निरुदेवी पालले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नयाँ चुनावमा जान ओलीले आफूहरूलाई निर्देशन दिएको बताउनुभयो ।
Advertisement
पार्टी एकतालाई पनि अगाडि बढाउन सकिएन, सरकारलाई पनि सहयोग भएन । सुखी नेपाली, समृद्ध नेपालको वाचा पनि पूरा गर्न सकिएन, ओलीले ब्रिफिङ गर्दै आफूनिकट नेताहरूसँग भन्नुभयो -प्रधानमन्त्रीलाई पनि फाल्ने र राष्ट्रपतिलाई पनि महाभियोग लगाउने तयारी भएपछि संसद विघटनको निर्णय लिइएको हो ।







