भद्रकाली शिवालय तथा किरातेश्वर धाममा वाल्मिकीय आनन्द रामायण पुराण हुने भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० कालिझोडामा अवस्थित धाममा आगामी पुस १ देखि ९ गतेसम्म सङ्गीतमय वाल्मिकीय आनन्द रामायण राम कथा नवाह ज्ञान धन-धान्यान्चल महायज्ञको आयोजना हुने भएको हो ।
उक्त नवाह ज्ञान महायज्ञ सम्पन्न गर्न शुक्रवार स्थानीय संघसंस्था, बुध्दिजिवी, धाम समितिको उपस्तिथिमा धाम समितीका अध्यक्ष बुध्दिलाल चौधरीको अध्यक्षतामा ५१ सदस्यीय मुल पुराण आयोजक समिति गठन गरिएको धाम समितिका सल्लाहकार रेवत दाहालले जानकारी दिए ।
सो अनुष्ठानमा आचार्य पण्डित छन्दुराम भण्डारीको प्रमुख वाचकत्व र आचार्य पण्डित नवीन ढकाल उपवाचक तथा यज्ञचार्य पण्डित हरि तिम्सिना रहने मुल पुराण आयोजक सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक गोविन्द दाहालले बताए ।
मन्दिरको दिगो विकास, कोष निर्माण तथा समस्त स्थानीयबासीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागिएको धाम समितीका अध्यक्ष बुध्दिलाल चौधरीले जानकारी दिए ।
अनुष्ठान अवधिभर कथा प्रवचन, महात्म्य, ज्ञानमन्च, संगित्मय भजन, विविध झाँकी साथमा देश-विदेशमा रहने सम्पुर्ण कालिझोडाबासीहरुको नवग्रह स्वस्ति शान्ति पाठ समेत गरिने धाम समितिका सल्लाहकार रेवत दाहालले बताए ।







