• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनपीएल: लुम्बिनीको लगातार चौथो हार, सुदूरपश्चिमको विजयी यात्रा रोकियो


  •    संवाददाता/ आइतबार, मङि्सर २३, २०८१  

  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हराएको छ ।

    लुम्बिनीको यो लगातार चौथो हार हो भने जनकपुरको लगातार चौथो जीत हो । जनकपुरले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आठ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सकेको हो ।

    Advertisement

    लुम्बिनीका कप्तान रोहित पौडेले ३५ रन बनाए । जनकपुरका हर्ष ठाकरले पाँच विकेट लिए भने कोशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिएका थिए ।

    Advertisement

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो ।

    जनकपुरका कप्तान अनिल शाहले ४५, लाहिरु मिलान्थाले २४ र शुभ कंसाकारले अविजित २२ रन बनाए । लुम्बिनीका अभिषेश गौतमले तीन विकेट लिए भने कप्तान रोहित पौडेल र साद बिन जफरले समान दुई तथा सन्दीप जोराले एक विकेट लिएका थिए ।

    जनकपुर चार खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा लागातार पराजित लुम्बिनी अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

    यस्तै आज भएको दोश्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको छ । चितवनले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १० बलअघि एक सय ३१ रनमा अलआउट भएको हो ।

    सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । चितवनका अमर राउटेला, जान निको लोफ्टी इटोन, रिजन ढकाल, र कुशल मल्लले समान दुई विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । उसका लागि हसन इसाखिलले सर्वाधिक ६५ र रवि बोपाराले ३६ रन बनाएका थिए ।

    सुदूरपश्चिमका स्कट गुग्गेलिजनले दुई विकेट लिएका थिए । लगातार तीन खेल जितेको सुदूरपश्चिमको अपराजित यात्रा आजको नतिजासँगै रोकिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.