झापा । नेपालको पूरानो नगरपालिकाको इतिहास बोकेको झापाको भद्रपुर नगरपालिका भोली मंगलबार प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा घोषित हुँदैछ ।
भद्रपुर नगरपालिकाले पत्रकार सम्मेलन गर्दै पुस ७ गते बालमैत्री नगरका रूपमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले घोषणा गर्ने भएको हो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले भद्रपुर नगरलाई प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा घोषणा गर्ने सम्पूर्ण तयारी पूरा भएको उपप्रमुख चन्द्रमाया श्रेष्ठले जानकारी दिनुभयो ।
२०७४ मंसीरदेखि बालमैत्रीका लागि नेपाल सरकारको मापदण्ड अनुसारका कार्य अगाडि बढाइ रहेको नगरले तय भएका ४२ वटा सूचक पूरा गरेको पत्र जिल्ला समन्वय समिति झापाले दिएपछि प्रदेश १ सरकार घोषणाको चरणमा पुगेको उपप्रमुख श्रेष्ठको भनाइ छ ।
उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोकल पर्सन दिपक पाण्डेले बालमैत्री अभियानका क्रममा हालसम्म गरिएका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
सामाजिक विकाश शाखाकी प्रमुख जीवनकला राउतले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृतले गर्नुभएको थियो । यस घोषणासंगै झापाको सदरमुकाम समेत रहेको भद्रपुर नेपालको पाँचौं बालमैत्री स्थानीय शासन भएको नगर सरकार हुने छ ।







