• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार महासंघ निर्वाचन: ककसको पर्यो उम्मेदवारी?


  •    संवाददाता/ शनिबार, मङि्सर २२, २०८१  

  • नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी दल नजिकका पत्रकार सङ्गठनहरूले छुट्टाछुट्टै गठबन्धन गरेर प्यानलसहित उम्मेदवारी दिएका छन् ।

    सत्तारूढ दल निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् भने विपक्षी दल निकट प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन, प्रगतिशील पत्रकार सङ्गठन र प्रेस मञ्चले अर्को प्यानल बनाएका हुन् ।

    Advertisement

    अध्यक्षमा सत्तारूढ प्यानलबाट निर्मला शर्मा र विपक्षी प्यानलबाट कमल गिरीको उम्मेदवारी परेको छ । शर्मा प्रेस चौतारीको कोटाबाट र गिरी प्रेस सेन्टरको कोटाबाट अध्यक्षको उम्मेदवार बनेका छन् ।

    Advertisement

    चौतारीको कोटाबाट महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी परेको छ ।

    यस्तै प्रेस युनियनका तर्फबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरूतर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), वैकुण्ठ पराजुली (एशोसिएट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी परेको छ ।

    त्यसैगरी विपक्षी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गङ्गा बराल र समावेशी उपाध्यक्षमा सुवास साह र महासचिवमा लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

    यस्तै सचिवहरूमा उत्तर विष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसिएट) तथा कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुव रावलको उम्मेदवारी परेको छ ।

    महासङ्घको अध्यक्षमा देवीप्रसाद सापकोटा, रमेश विष्ट र लालसिंह (एलएस) लामाको पनि उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं र दामोदरप्रसाद दवाडी तथा महासचिवमा जन्मदेव जैशी र प्रकाश थापाको पनि उम्मेदवारी परेको छ ।

    महासङ्घको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको नयाँ कार्यसमिति चयनका लागि आउँदो शुक्रवार चुनाव हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.