• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘रुघाखोकी लाग्दैमा जथाभावी औषधि खानु हुँदैन’


  •    संवाददाता/ शुक्रबार, मङि्सर २१, २०८१  

  • झापासहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् ।

    जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

    Advertisement

    कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा.रामहरि चापागाईं जाडोमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) का समस्या बढी देखिने बताउँछन् । ‘चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ । जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमाभन्दा बढी चाहिन्छ । यसले साधारण रोग पचाउन सहयोग गर्छ’ उनले भने । साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने उनको भनाइ छ ।

    Advertisement

    ‘खोप लगाएका बच्चालाई अरुलाई भन्दा कम रोग लाग्छ । दादुराको खोप लगाएका बच्चालाई निमोनिया हुने जोखिम कम हुन्छ’ डा.चापागाईंले भने । जाडोमा बालबालिका चिसो मानेर नुहाउन नमान्ने, हात खुट्टा धुन गाह्रो मान्ने भएकाले पनि रोगको सङ्क्रमण बढी देखिने उनको भनाइ छ ।

    रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा.चापागाईंले निरन्तर रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सको परामर्श लिनुपर्नेमा जोड दिए ।

    डा चापागाईंले भने, ‘सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ । बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन् । सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ ।’

    उनले जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म नलगाउन आग्रह गरेका छन् ।

    त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउनेलायत काम गर्नुपर्ने बताउँछिन् ।

    ‘घाम ताप्दा शरीरलाई चाहिने भिटामिन डी प्राप्त हुन्छ र प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ’ उनले भनिन्, ‘सङ्क्रमणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह लिएर भाइरल फ्लूविरुद्धको खोपसमेत दिन सकिन्छ । श्वासप्रश्वासको सङ्क्रमण भएका व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाइदिनुपर्छ ।’

    बाल स्वास्थ्य नर्स डा.सुरक्षा सुवेदीले पनि जाडोमा बालबालिकालाई अझ बढी स्याहारको आवश्यकता पर्ने हुनाले तातो तथा झोलिलो खानेकुरामा जोड दिनुपर्ने बताउँछिन् । उनले भनिन्, ‘बिहान र साँझ अत्यधिक चिसो हुने भएकाले बच्चालाई चिसोमा खेल्न दिनुहुँदैन । रुखाखोकी लाग्दैमा जथाभाबी औषधि किनेर खुवाउनु हुँदैन । घरभित्रै उफ्रिने खालका व्यायाम गराउँदा उपयुक्त हुन्छ ।’

    डा.सुवेदीले बालबालिकालाई राति सुत्ने समयमा न्यानो बनाउन मोजा र टोपी अनिवार्य लगाइदिन अभिभावनलाई आग्रह गर्छिन् । ‘जाडोमा छाला सुख्खा भइराख्ने हुनाले ‘मोस्चराइजर’ लगाइदिनुपर्छ । हिटर बालेर मसाज गर्दा पनि धेरै बेरसम्म बाल्नु हुँदैन । छालामा असर गर्न सक्छ,’ उनले भनिन् ।

    कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा.चापागाईंले जाडोमा बालबालिकालाई रुघाखोकी बढी देखिने भएकाले अभिभावक आत्तिनु नहुने बताउँछन् । उनले भने, ‘जाडो याममा बच्चाहरूलाई गर्मीमा भन्दा बढी रुघाखोकी लाग्छ । रुघाखोकी लगाउने भाइरस जाडो मौसममा बच्चाको घाँटीमा बढी समयसम्म रहिरहन्छ । सर्न सक्ने सम्भावना पनि बढी हुन्छ ।’

    पौष्टिक आहार, झोलिलो खानपिन, पर्याप्त मात्रामा आराम गर्दा भाइरल रुघाखोकी पाँच-छ दिनमा हराएर जाने डा चापागाईंले बताए । उनले रुघाखोकी लाग्दैमा औषधि जथाभावी पसलबाट औषधि किनेर खुवाउन हतार नगर्न अभिभावकलाई सुझाए ।

    ‘रुघाखोकी लागेमा न्यानो राख्ने, झोल खानेकुरामा ध्यान दिने र आराम गराउँदा बच्चा निको हुन्छ । रुघाखोकीसँगै सास फेर्न गाह्रो भएमा, कोखा हानेमा, धेरै ज्वरो आएमा, बच्चाले खाना कम गरेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ’, बालरोग विशेषज्ञ डा.चापागाईंले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.