• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका किसानलाई ८० प्रतिशत विद्युत मिनाहा


  •    संवाददाता/ शुक्रबार, मङि्सर २१, २०८१  

  • झापाको झापा गाउँपालिकाले खेतबारीमै बिजुली पुर्याएको छ ।

    किसानहरुलाई खेती गर्न सजिलो र आय आर्जन बढाउने उद्देश्यले उनीहरुको खेतबारीमै बिजुली पुर्याइरहेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् ।

    Advertisement

    कार्यवाहक अध्यक्ष थपलियाका अनुसार किसानको खुसीको लागि गाउँपालिकाले विद्युत महसुलमा लाग्ने ८० प्रतिशत रकम समेत चालू आर्थिक वर्ष २०८१/०८२ को बिनियोजन बजेट मार्फत तिरिदिने भएको छ ।

    Advertisement

    झापा गाउँपालिकामा २०७४/०७५ को बजेट मार्फत नै तत्कालीन अध्यक्ष जयनारायण शाहले किसान हितको लागि शुरु गरेको बिजुली बिस्तार कार्यक्रमले अहिलेसम्म निरंतरता पाएको छ । झापाका ७ वडामा हालसम्म ५ हजार बिजुलीका पोल किसानका खेतबारीमा तारसहित जोडिएको देख्न सकिन्छ भने ८ सय पोल यस आर्थिक बर्षमा जोडिन लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।

    पालिकाले किसान हितमा विद्युतमा लाग्ने महसुल मात्रै होइन, सिचाई मोटर ,स्प्रे ट्यान्की समेत साझेदारी कार्यक्रम अन्तरगत उपलब्ध गराउदै आएको छ भने ५० युनिट सम्म सबै नागरिकको विद्युत महसुल समेत पालिकाले नै तिर्दै आएको प्रमुख प्रशासकीय अधिकृत थपलिया बताए ।

    मकै, धान, केरा र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६०% सिचाईको लागि विद्युत महसुल तिरिदिदैं आएकोमा यस आर्थिक बर्षदेखी ८० प्रतिशत तिरिदिन लागेको हो ।

    विद्युतमा सहुलियत सहित झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेट जोन क्षेत्र घोषणा गरि किसानको खुसीको लागि उनिहरुलाई चाहिँने आवश्यक मल, विउ र औजार र प्राविधिक सहयोगलाई प्राथमिकता दिएको देख्न सकिन्छ ।

    कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिचाईको लागि मोटर अनुदान सहयोगमा उपलब्ध गराउदै पालिका भित्र आवद्ध ९२ ओटा कृषि समुहलाई आवश्यक तालिम र अनुदानको व्यवस्था समेत गर्दै आएको छ ।

    झापा गाउँपालिकाले २०७४/०७५ आर्थिक बर्ष देखी अध्यक्ष जयनारायण शाहले आर्थिक विपन्न झापा गाउँ बासीको हितमा महत्त्वपूर्ण काम गरेको देख्न सकिन्छ भने त्यसै कार्ययोजनालाई अहिले सम्म निरंतरता दिदै झापाकै नमुना गाउँपालिकाको रूपमा स्थापित हुँदै गएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.