नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको छ ।
लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटाएको हो ।
विराटनगरका लोकेश बमले ७१ रन बनाए भने बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८, क्रिस सोलले ४ बलमा नटआउट १४ रन बनाएका थिए । लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिएका हुन् ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रन बनाएका थिए ।
विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले १-१ विकेट लिए भने लुम्बिनीका ४ जना खेलाडी रनआउट भएका थिए ।
प्रतियोगितामा विराटनगरको यो पहिलो जीत हो । विराटनगर यसअघि दुई वटा खेलमा पराजित भएको थियो । लुम्बिनीको यो पहिलो खेल हो ।







