• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका तीन स्थानीय तहका विद्यार्थीलाई न्यानो कपडा


  •    संवाददाता/ सोमबार, मङि्सर १७, २०८१  

  • झापाका तीनवटा स्थानीय तहका सामुदायिक विद्यालयका पाँच सयबढी विद्यार्थीलाई जाडोमा लगाउने न्यानो लुगा वितरण गरिएको छ ।

    रुद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुर र शिवशताक्षी नगरपालिकास्थित झिलझिलेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा ट्रयाकसुट वितरण गरेका हुन् ।

    Advertisement

    प्रतिष्ठान एक्लैले कन्काई नगरपालिकाको वडा नम्बर ४ स्थित आदर्श विद्या मन्दिर, भद्रपुर नगरपालिका वडा नम्बर १ को हिमाली माध्यमिक विद्यालयमा र शिवसताक्षीको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३०० विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरण गरेको थियो ।

    Advertisement

    यस्तै सहकारीसँगको सहकार्यमा शिवसताक्षी नगरपालिकाको वडा नम्बर ४ स्थित त्रिभुवन माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालय र वडा नम्बर ६ को गौरीशंकर आधारभूत विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो ।

    योसँगै प्रतिष्ठानकी सदस्य तुलसादेवी ओलीले जिल्लाको अर्जुनधारा र कन्काई नगरपालिकामा फरक क्षमता भएका विद्यार्थी अध्ययनरत ३ वटा विद्यालयका ४१ विद्यार्थीलाई न्यानो कपडासहित खाद्यान्न वितरण गरेकी थिइन् ।

    उनले ५ किलोग्राम चिउरा, ३ लिटर खाने तेल, पाँच किलोग्राम दाल, ३ किलोग्राम भुजिया र ५० किलोग्राम मसिनो चामल वितरण गरेकी थिइन् । ओलीले आफ्नो जन्मदिनको अवसरमा यी सामग्री प्रदान गरेकी हुन् ।

    प्रतिष्ठानका अनुसार भद्रपुरको हिमाली माध्यमिक विद्यालयका १००, कन्काई नगरपालिकाका १००, शिवसताक्षी नगरपालिकाको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका १००, त्रिभुवन माध्यमिक विद्यालयका १०४, गौरीशंकर आधारभूत विद्यालयका ६९, जनता आधारभूत विद्यालयका ३७ गरेर झापाका ५१० विद्यार्थीले जाडोमा लगाउने न्यानो कपडा पाएका थिए ।

    शिवसताक्षीमा नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, वडा नम्बर ६ का वडाध्यक्ष मनोज खुलाल कार्की र वडा नम्बर ४ का वडाध्यक्ष विष्णु प्रसाईले अलगअलग कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

    यस्तै भद्रपुर नगरपालिकामा नगरप्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, १ नम्बर वडाका वडाध्यक्ष रामप्रसाद अधिकारी विद्यालयका प्रधानाध्यापक दीपक दाहाल र प्रतिष्ठानका पदाधिकारीले वितरण गरेका थिए ।

    भद्रपुरमा आइतबार आयोजित कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्था झिलझिलेका अध्यक्ष मोहनप्रसाद मैनाली, सहकारीका कार्यकारी निर्देशक एवम् प्रतिष्ठानका सदस्य नवीन ओली, सहकारीका सञ्चालक समिति सदस्य पर्शुराम ढुंगाना, प्रतिष्ठानका सदस्य नारदमणि न्यौपाने, ओली, अनिरुद्र ओलीलगायतले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका थिए ।

    विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नविनकुमार भट्टराई र प्रधानाध्यापक दीपक दाहालले प्रतिष्ठानले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गरेर विद्यार्थीलाई हौसला प्रदान गर्न आग्रह गरेका छन् ।

    कार्यक्रम संयोजक उमेशचन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार विनोद सापकोटाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.