• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाको काम धमाधम


  •    संवाददाता/ शनिबार, मङि्सर १५, २०८१  

  • बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका सात वटा योजनाको काम धमाधम भइरहेको छ ।

    शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १, २, ३, ६ र ८ मा सञ्चालनमा छन् ।

    Advertisement

    वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ । उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ भने वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने जनाईएको छ ।

    Advertisement

    त्यस्तै वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक र वडा नम्बर ८ को गरामनी-कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडकमा प्राइम लगाउने काम सम्पन्न भएको छ । उक्त सडकमा भोलिदेखि नै कालोपत्रेको काम सुरु गर्ने ठेकेदार नयन बरालले जानकारी दिए ।

    यस्तै पूर्व पश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी एभरेष्ट स्कुल हुँदै हरिहर आश्रम देखि मियाबारी बिर्ताबजार जोड्ने सडकको एक हजार २४० मिटर सडक निर्माण कार्य भईरहेको छ । बाँकी रहेको ६२० मिटर सडक खण्डको भेरियसन गरी निर्माण गर्ने व्यवस्था मिलाउने कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।

    सोही योजना अन्तर्गत वडा नम्बर ६ को हरियाली सामुदायिक वनमा एउटा भवन निर्माणधिन अवस्थामा छ । सामुदायिक भवनको करिब ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार बरालले जानकारी दिए ।

    सबै योजनाको गत भदौ २० गते नगर प्रमुख पवित्रा महतारा प्रसाईंले एकमुष्ठ शिलान्यास गरेकी थिइन् ।

    सात वटै योजनाको एकीकृत रुपमा शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरीरहेको छ । ठेकेदार बरालले आगामी बैशाखसम्ममा सबै काम सम्पन्न गर्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.