झापाको मेचीनगर-११ स्थित लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जनालाई सम्मान गर्ने भएको छ ।
प्रतिष्ठानले यही मंसिर २० गते छैठौं बार्षिकोत्सवको अवसरमा तीन जनालाई पुरस्कार प्रदान गर्ने भएको हो ।
पुरस्कृत हुनेमा लाल भागिरथा उत्कृष्ट कृषक पुरस्कार मेचीनगर-५ कि अनिताकुमारी कार्की, लाल भागिरथा राष्ट्रिय प्रतिभा पुरस्कार चरा संरक्षण अभियन्ता मेचीनगर-७ का देबेन्द्र खरेल र लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार बुद्धशान्ति-५ कि रेणुका संग्रौला चापागाईंलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले जानकारी दिए ।
Advertisement
उनीहरूलाई जनही नगद ३१ हजारसहित सम्मान गरिने अध्यक्ष बानियाँले बताए ।







