• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई, शिवसताक्षी फाइनलमा पराजित


  •    संवाददाता/ बुधबार, मङि्सर ०५, २०८१  

  • चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ ।

    अर्जुनधारा-३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो । मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए ।

    Advertisement

    गोल्डकपको विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण-पत्र पुरस्कार पायो भने उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

    Advertisement

    शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफि पुरस्कार पाए भने मेचीनगरका विशाल दर्जी उत्कृष्ट डिफेन्डर बन्दा, मेचीनगरकै सनम भुजेल सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगितामा ७ गोल गरेका थिए ।

    मेचीनगरका युवराज पुरी उत्कृष्ट गोलकिपर बन्दा, मेचीनगरका टिम कोच ससेन्द्र धिमालले बेष्ट कोचको पुरस्कार हात पारे । आयोजक टिमका सौरव विक प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए । उनीहरु सबैले जनही नगद ७ हजार र ट्रफि पुरस्कार पाएका छन् ।

    त्यस्तै फाइनल खेलको नायक बनेका लक्षु थापाले बेस्ट प्लेयर अफ दि फाइनलको पुरस्कार पाए । उनले नगद ५ हजार र ट्रफी हात पारेका हुन् ।

    विजेता, उपविजेता र विधागत पुरस्कार पाउने खेलाडीहरुलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका मेयर मेगाहाङ थोप्रा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा-१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा-२ का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङ, आर्थिक संयोजक डुण्डीराज गौतम लगायतले पुरस्कार बितरण गरेका थिए ।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको चौंथो खुदुनाबारी गोल्डकपको समापन समारोहमा खेल क्षेत्र र खुदुनाबारीको समग्र विकासका लागि योग्दान गर्ने व्यत्तिहरु मदन बिक्रम नेम्वाङ, कर्मेन्द्र बिक्रम नेम्वाङ, राजेन्द्रबहादुर गौतम, गोबिन्दराज काफ्ले र युवराज महतलाई सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.