• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगर खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश


  •    संवाददाता/ सोमबार, मङि्सर ०३, २०८१  

  • मेचीनगर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

    आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर उपाधि नजिक पुगेको हो ।

    Advertisement

    मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रिक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् ।

    Advertisement

    खेलमा मेचीनगरका लागि पहिलो गोल सरोज कार्कीले गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए भने मेचीनगरका लागि लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरेका थिए ।

    दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका गोलरक्षक देव लिम्बूले फल्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कप्तान खमिर गिल्सन कन्दङ्वाले थप एक गोल गर्दा मेचीनगर ६-१ को फराकिलो अन्तरले विजयी बनेको हो । भद्रपुरका लागि कर्ण लिम्बूले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल फर्काएका थिए ।

    आजको खेलमा मेचीनगरका सनम भुजेल म्यान अफ दि म्याच चुनिए । उनले नगद ५ हजार र ट्रफी पाए । उनलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतले पुरस्कार प्रदान गरेका थिए ।

    मेचीनगरले खेलको विजेताले चौंथो खुदुनाबारी गोल्डकपको उपाधिका लागि मंसिर ५ गते शिवसताक्षी नगरपालिकासँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छन् ।

    उक्त प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेन्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.