सुनसरीको खनारमा यात्रुबाहक बसले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत खनारको शान्ति चोकमा मे १ ख ४५७४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा साइकलयात्री इटहरी उपमहानगरपालिका-१० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको हो ।
स्थानीय जनता माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई स्कुलबाट घर फर्कदै गर्दा बसले ठक्कर दिएको थियो । ठक्करपछि बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
Advertisement
दुर्घटनापछि घटनास्थलबाट भागेको बसलाई स्थानीयले कोशी राजमार्गको खनार चोकस्थित सुनसरी-मोरङ सिँचाई आयोजनाको पुल नजिकै आगो लगाइदिएका हुन् । आगलागीबाट बस पूर्ण रुपले क्षतिग्रस्त भएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।







