चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित भएका छन् ।
केहीबेर अघि सम्पन्न मतगणनाको नतिजा अनुसार अध्यक्षमा साझा समूहका उम्मेदवार चिमरिया ९११ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
उनका प्रतिस्पर्धीहरु काँग्रेसका बालकुमार विष्टले २७२ र एमालेका सन्तोष मेचेले ४९३ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा साझा समूहकी मैया कार्कीले ६०६ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धीहरु काँग्रेसकी दिपा आचार्य पौडेलले ३८५ र एमालेकी पुष्पा गौतम खनालले ५२० मत ल्याएकी छन् ।
त्यसैगरी सचिव पदमा साझाका प्रेमराज घिमिरेले ६६४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धीहरु काँग्रेसका राजेन्द्रप्रसाद रिजालले ३४२ र एमालेका दामोदर घिमिरेले ५१६ मत ल्याएका छन् ।
त्यस्तै कोषाध्यक्षमा साझाका साउन मेचे (बादल)ले ५७७ मत ल्याएर विजयी भए भने काँग्रेसका यमकान्त पौडेलले ३७८ र एमालेका प्रकाश बरालले ५५८ मत ल्याएका छन् ।
त्यसैगरी, साविकको वडा नम्बर ४, ५ र ६ बाट सदस्य पदका साझाका उम्मेदवार पुरुषोत्तम सिग्देलले ६१९ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धीहरु काँग्रेसका लक्ष्मी घिमिरेले ३४७ र एमालेका कुमारप्रसाद भण्डारीले ४९३ मत मात्र ल्याएका छन् ।
साविकको वडा नम्बर ४, ५ र ६ बाट महिला सदस्य साझाकी चन्द्रकला तदेबुङ्गले ६१३ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धीहरु काँग्रेसका रम्भाकुमारी राजबंशीले ३४२ र एमालेकी लिलादेवी कार्कीले ५१० मत मात्र ल्याउन सफल भइन् ।
साविकको वडा नम्बर १, २, ३ र ४ बाट साझाका तेजबहादुर लिम्बुले ६७३ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धीहरु काँग्रेसकी धनमाया वस्नेले ३४४ र एमालेका राजेन्द्र कार्कीले ५०० मत ल्याएका छन् ।
साविकको वडा नम्बर ५ र ६ खुल्लाबाट एमालेका हरिप्रसाद घिमिरेले ५८३ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धीहरु साझाका डिल्लीराम अधिकारीले ४८१ र काँग्रेसका सुकुमार मेचेले ३९६ मत मात्र प्राप्त गरेका थिए ।
यस्तै साविकको वडा नम्बर ५ र ६ महिलाबाट साझाकी अञ्जु फेवादिनले ५८९ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरु काँग्रेसकी शान्ता नेम्बाङले ३६२ र एमालेकी भगिरथा खतिवडाले ३०६ मत मात्र ल्याएका थिए ।
यता लेखा समिति संयोजकमा साझाका अर्जुन खनालले ५२२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धीहरु काँग्रेसका मोहन अधिकारीले ५०८ र एमालका रेवतकुमार दाहालले ४७१ मत मात्र ल्याएका हुन् ।
त्यस्तै खुल्ला सदस्यमा साझाका रुद्रप्रसाद रिजालले ६२४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धीहरु काँग्रेसका हरिप्रसाद रिमालले ३३८ र एमालेका श्रीप्रसाद थापाले ४७९ मतमा चित्त बुझाएका छन् ।
त्यसैगरी महिला सदस्यमा साझाकी रितादेवी रिजाल न्यौपानेले ५८९ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पधीहरु काँग्रेसकी जमुनादेवी ओली खरेलले ३२१ र एमालेकी विमला मिश्र ष्टिले ५३० मत मात्र ल्याउन सफल भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
नेकपा एमालेबाट सदस्यमा उम्मेदवार भएका हरिप्रसाद घिमिरे बाहेक साझा समूहको नेतृत्व गरेका माओवादीका चिमरियाको प्यानलै विजयी भएका छन् ।
संस्थाको शनिबार सम्पन्न निर्वाचनमा २ हजार ६९५ मतदाता मध्ये एक हजार ७८१ जनाले मतदान गरेका थिए ।
यसअघिका कार्यकालमा कार्यसमिति सर्वसहमत गठन हुँदा आए तापनि नेतृत्व गर्ने बीचमा आवश्यक समन्वय नहुँदा यो पल्ट भने निर्वाचन भएको हो ।
आम नागरिकको स्वास्थ्यसँग सरोकार राख्ने भएकाले राजनीतिक दल सम्बद्ध कार्यकर्ताको भेलाले सबै राजनीति दलबाट सहमतीय माध्यमबाट साझा उमेद्वारको रुपमा नेतृत्व प्रदान गर्ने भनी समन्वय पनि गरेका थिए । तर अन्तिम आएर नेतृत्व गर्ने विषयमा तालमेल नहुँदा चुनावमार्फत नयँ नेतृत्व चयन भएको छ ।







