तीन दिनअघि घरबाट बेपत्ता भएका झापा गाउँपालिका वडा नं.४ खयरवारी बस्ने ६५ वर्षिय गणेशवहादुर खत्री मृत फेला परेका छन् ।
झापा गाउँपालिका-१ सुरुघुट्टुस्थित ठूलो माई खोलामा डुबेको अबस्थामा उनी आज मृत फेला परेका हुन् ।
गत कात्तिक २८ गते खत्री घरबाट बेपता भएका थिए । आफन्तकोमा समेत खोजतलास गर्दा नभेटिएपछि उनको खोजीका लागि लागि प्रहरीलाई समेत जानकारी दिइएको थियो ।
Advertisement







