झापा मेचीनगरको निन्दा खोला नजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको छ ।
बिहीबार बिहान अन्दाजी ६:३० बजे मेचीनगर वडा नं.१० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नांगै जीवित नवजात शिशु (बालिका)लाई कमिलाले टोकिरहेको रक्ताम्य अबस्थामा मेचीनगर-११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा फेला पारेकी थिइन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीमा दिउँसो १ बजे अधिकारीले ती नवजात शिशु ल्याई जिम्मा बुझाएकी थिइन् । सामान्य अबस्थाका ती शिशुलाई मेचीनगर-१० नं.वडा कार्यालयमार्फत फेला पार्ने महिलालाई संरक्षणको लागि जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
Advertisement







