आगलागीबाट झापाको कमल गाउँपालिका वडा नं.१ गडुमारी बस्ने खगेन्द्र थापाको घर जलेर नष्ट भएको छ ।
आज दिउँसो ३:५० बजे थापाको बाँसको भाटाको टाटीबेरा, टिनको छानो भएको भुइँ घरमा अचानक आगलागी भएको हो । आगलागीबाट घर र घरमा भएको नगद ५० हजार, भाडावर्तन, अन्नपात, लताकपडा गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र कमल गाउँपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







