चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
संस्थाको यही मंसिर १ गते हुने नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयनमा तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली काङ्ग्रेस, नेकपा एमालेले र सात राजनीति दलले साझा छुट्टाछुट्टै उम्मेदवार घोषणा गरेका हुन् ।
सात राजनीति दलको तर्फबाट अध्यक्ष पदमा राजन चिमरिया, नेकपा एमालेबाट सन्तोषकुमार मेचे र नेपाली काङ्ग्रेसबाट बालकुमार विष्टको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।
सात राजनीति दलको तर्फबाट उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचेले उम्मेदवारी दिए भने सदस्यमा डिल्लीराम अधिकारी, चन्द्रकला आङदाम्बे, पुरुषोत्तम सिग्देल, अञ्जु फेवदिन, तेजबहादुर लिम्बुले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी लेखा संयोजकमा अर्जुन खनाल र सदस्यमा रुद्रप्रसाद रिजाल र रीतादेवी रिजालको उम्मेदवारी परेको छ ।
त्यस्तै नेपाली काङ्ग्रेसबाट उपाध्यक्षमा दीपा पौडेल, सचिवमा राजेन्द्र रिजाल र कोषाध्यक्षमा यमकान्त पौडेलले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सदस्यमा सुकुमार मेचे, रम्बा राजबंशी, धनमाया बस्नेत, लक्ष्मी घिमिरे रहेका छन् भने लेखा समितिको संयोजकमा मोहन अधिकारी र सदस्यमा हरिप्रसाद रिमाल र जमुना ओलीको उम्मेदवारी परेको छ ।
त्यसैगरी नेकपा एमालेको तर्फबाट उपाध्यक्षमा पुष्पा गौतम, सचिवमा दामोदर घिमिरे र कोषाध्यक्षमा प्रकाश बरालले उम्मेदवारी दिएका छन् भने सदस्यहरुमा हरि घिमिरे, कुमार भण्डारी, राजेन्द्र कार्की, भागिरथा खतिवडा र लीला कार्कीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी लेखा संयोजकमा रेवतकुमार दाहाल तथा सदस्यहरुमा श्रीप्रसाद थापा र बिमला मिश्रको उम्मेदवारी परेको छ ।
त्यस्तै भोजबहादुर कार्कीले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएको छ ।
मनोनयनपछि भोलि ११ बजे दाबी बिरोध र मंगलबार मतदान चिन्ह वितरण गर्ने र मङ्सिर १ गते मतदान गर्ने निर्वाचन समिति संयोजक न्यौपानेले जानकारी दिए ।







