झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं.८ निवासी ओलीको शुक्रबार दिउँसो ३:५७ बजे आफ्नै निजी निवासमा निधन भएको हो ।
साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुईपटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले उनलाई दीर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरेको थियो ।
नेपाली साहित्य क्षेत्रमा उनको अतुलनीय योगदान रहेको छ । उनका १६ वटा कृति प्रकाशित छन् । निबन्ध संग्रह, कविता संग्रह, उपन्यास र कथा संग्रह प्रकाशित छन् । उनी नेपाल प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य र झापा अध्यक्ष भएका थिए ।
शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएका उनले शनिश्चरे माध्यमिक विद्यालयमा ३३ वर्षसम्म अध्यापन गरेका थिए । सेवा निवृत्त भएपछि पनि शनिश्चरे माविको व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा दिएका थिए भने शनिश्चरे बहुमुखी क्याम्पसको उनी संस्थापक अध्यक्ष हुन् ।
सुगर र प्रेसरबाट ग्रसित उनलाई पछिल्लोपटक निमोनिया भएको थियो । उनका दुई छोरा र एक छोरी रहेका छन् । जेठा छोरा निरजकुमार ओली कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अध्यक्ष हुन् भने कान्छा छोरा सार्दुलहाङ ओली न्यू भिजन बचत तथा ऋण सहकारी संस्थाका सचिव रहेका छन् । छोरी सुम्निमा ओली थपलिया हुन् ।
ओलीले झापाली साहित्यका क्षेत्रमा निकै नै ठूलो भूमिका खेलेका छन् । दिवंगत ओलीको पार्थिव शरीरलाई शनिबार बिहान ११ बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
तेह्रथुमको आठराई होडा याखा गाउँमा वि.सं.१९९८ असार २३ गते बुबा जगतमणि ओली र आमा सरस्वता ओलीका सन्तानका रूपमा जन्मेका सरोजकुमार ओली हाल अर्जुनधारामा स्थायी बसोबास गर्दै आएका थिए । त्रिमोहन हाइस्कूल मूलपानी, आठराईमा पूर्णानन्द शर्माको सम्पादकत्वमा प्रकाशित ‘प्रोत्साहन’ त्रैमासिक पत्रिकामा २०१४ सालमा ‘जा’ शीर्षकको कविता प्रकाशन गराएर साहित्य क्षेत्रमा देखिएका ओलीले २०२० सम्म रहरले फाट्टफुट्ट आफ्ना शिकारु कलम दौडाइरहे । आमाले पढिरहने रामायणका श्लोकहरूका मीठो लय, स्कूलमा अतिरिक्त क्रियाकलापअन्तर्गत् महिनामा एकपटक जसो हुने साहित्यिक कार्यक्रम, विद्यालयमा आफूलाई निर्देशन दिने गुरुहरू विशालकुमार चेम्जोङ, पूर्णानन्द शर्मा र गणेशबहादुर प्रसाई, विद्यालयमा पुगिरहने शशिकला शर्माको ‘स्वास्नी मान्छे’ र श्यामप्रसाद शर्माको ‘साहित्य’ शीर्षकका पत्रिकाहरूको अध्ययनबाट साहित्य लेखनमा प्रेरणाप्राप्त भएको बताउने ओलीले २०२१ मा मोरङ कलेज विराटनगरमा पढ्दा केदारमान व्यथितका कविताबाट प्रभावित भई एक सयजति छायावादी कविताहरू सृजना गरेका थिए । छायावादी कविताले वास्तविक जीवनको एक पाटो मात्र हेर्ने कुरा बुझेपछि उनले त्यो लेखनलाई चटक्कै छोडेका थिए ।
वि.सं.२०२१ देखि ओली मार्क्सवादी विचारले अभिप्रेरित भएका थिए । उनका त्यसपछिका सृजनाहरूमा प्रगतिवादी विचार आए । ०२१ देखि नै उनी कथासृजनामा लागे । यसैक्रममा २०२७ मा जागिर खोज्ने सिलसिलामा ओली दाङ पुगेका थिए । त्यहाँ उनको कृ.वि.बैंकका जागिरे अनिरुद्ध तिम्सिनासँग सम्पर्क र हेलमेल बढ्यो । ओलीले त्यहाँको एक वर्षको वसाइमा ‘हडतालै हडताल’, जुलुसै जुलुसु शीर्षकको उपन्यास सृजना गरेका थिए । २०२८/२९ सम्म एक सेसन ओली जनता मावि मधेसामा शिक्षण पेशामा संलग्न रहे । यस समयमा योगेन्द्र गर्गको ‘युगबोध’ र मोहन विरहीको ‘हिमाली सुस्केराुमा उनका केही कथा र कविता प्रकाशित भए । यो अवधिमा ओलीले देशप्रेम, याड्नु र मङ्गली शीर्षकका तीनवटा उपन्यास सृजना गरेका थिए । २०२९ देखि ओलीज्यू धुलाबारी माविमा अध्यापन गर्न थालेका थिए । त्यसवेला धुलाबारी साहित्यमा निक्कै अगाडि थियो । धुलावारी माविबाट ‘धारो’ पत्रिका निक्लिन्थ्यो । त्यहीका शिक्षकद्वय तेजराज खतिवडा र यज्ञराज प्रसाईंसँगको सम्बन्धले अब ओलीको साहित्यिक लेखन र गतिविधिले निक्कै क्रियाशीलता पाउन थालेको देखिन्छ । २०३० मा उनीहरू तीनजनासहित महानन्द सापकोटा, पूर्णप्रकाश नेपाल ‘यात्री’ले देवानछापको थाप्लामा साहित्यिक गोष्ठी सम्पन्न गर्नु, लगत्तै धुलाबारीमा वृहत् साहित्यिक गोष्ठी सम्पन्न हुनुजस्ता कुराले ओलीको सृजनात्मक लेखनमा निक्कै उर्जा थपेको पाइन्छ । २०३० भदौदेखि ओली शनिश्चरे माविमा अध्यापन गर्न थालेका थिए । यो वेला उनको साहित्यकारद्वय शिवप्रसाद दाहाल र रोहिणीविलास लुइटेलसँग सम्बन्ध बढ्यो । झापा प्रवेशपछि यहाँको परिवेशले ओलीको साहित्यकार व्यक्तित्वलाई धेरै खारेको पाइन्छ ।
जुही पत्रिकामा सम्पादक चूडामणि रेग्मीले ओलीको प्रतिभा परिचय गराएपछि यस पत्रिकामा उनले वाक्लै स्थान पाउन थाले र चम्के, झापाली साहित्यमा आभ्यासिक चरण पार गरेपश्चात् ओली २०२७ देखि साहित्य लेखनमा निरन्तर क्रियाशील छन् । यसबेला झापाली साहित्यमा आफ्नो स्थापित अनुहार देखाउन सफल भएका ओलीज्यूसँग साहित्यसम्बन्धी विचार माग्दा उनी अरूको भन्दा फरक धारणा यसरी प्रस्तुत गर्छन जबसम्म वर्ग रहन्छ, त्यो बेलासम्म साहित्य वर्गीय हुन्छ, समाजमा वर्ग हुन्छन् । धनीवर्गले गरीब वर्गलाई जहिल्यै पनि शोषण गरेका हुन्छन्, त्यही शोषणका विरुद्धमा साहित्य सृजना गर्नु मेरो प्रमुख उदेश्य रही आएको छ। मेरा साहित्यिक मजनामा प्रगतिवादी विचारहरूको प्रमुखता रहोस् भन्ने उद्देश्य राखेर म कथा, कबिता विद्रोह र मुक्ति (कविता सङ्ग्रह) २०४८, मुटु छुने कथा (कथा सड्ग्रह) २०५०, सरोज ओलीका कविता (कविता-सङ्ग्रह २०५), तम्मा सद्दीका धुन (कविता-सङ्ग्रह) २०६१, जस्ता पाँचवटा पुस्तकाकार कृति प्रकाशित भइसकेका छन् । चारवटा उपन्यास सृजना भए तापनि प्रकाशनोन्मुख अवस्मार भाइसाले उनको उपन्यासकार व्यक्तित्वका वारेमा चर्चा गर्न सकिने जगवण देखिदैन । कवितामा केही नारा देखिए तापनि तिनले यथार्थपरक विषय । प्रगतिवादी स्वर अभिव्यञ्जित गरका छन् । ओलीको खास विशिष्टता पाहत कथा विधामा पाइन्छ । उनको कथा लेखन, प्रस्तुति र त्यसले पाठकमा पारेको प्रभावलाई हेर्दा उनलाई झापाली साहित्यमा कथाकारको रूपमा चिन्नुपर्ण देखिन्छ । हेरौं ओलीका कथा सृजनाका केही रूपहरू हिजो भगीको छोरो मर्यो । ऊ र उसकी आमाले शोक मनाए । रातभर उसकी आमा राई । भगी रोइन । हाँसिन पनि । विहान उज्यालो भयो । भगीको छोरो मरेको सबैले सुने । ठूल्ठूला मानिसहरूले बेस्सेको छोरो मरेको ठाउँमा जान हुँदैन भनेर उनीहरूका नानीहरूलाई छेउमा जान दिएनन् । स: सानाहरूले रुन्चे भूतले छुन्छ भनेर उनीहरूका नानीहरूलाई छेउमा जार दिएनन् ।
(भगी: मुटु छुने कथा, पृष्ठ २१)
उसलाई भागेर नेपाल छिर्ने र शाकम्भरीलाई भएभरको सबै कुरा सुनाउने मात्र एक धोको थियो । उसले जीउ बचाउन सक्यो उनीहरूकै लागि । उसलाई के लाग्यो भने यता नेपालका सुब्बा, थरी, जिमिदार, जिम्बावानर्भ उता गोवा र काजीहरू जनता चपाउने ठूल्ठूला मुख लिएर बसेका हुन्छन । त्यसको विरुद्धमा खेतालाहरू लाग्दा त हुन्छ, तर सबै खेतालाहरूको मह मिल्दैन । मतो मिल्नै दिदैनन् ती ठूल्ठूला अजिङ्गरहरूले । (शाकम्भरी: स्टेथिस सागरदेखि हिमालसम्म, पृष्ठ ८०) ओलीको कथा लेखनमा स्थानीयहमालसम्म, भावले स्थानीय आाउँ पाउनुका साथै प्रस्तुतिमा कला स्थानीय भाषाको प्रभावले यातना आभ्यासिक कथा भए पनि दोस्रो साक्ष्यकता पाइन्छ । बजार मार्मिक भरिएका र यथार्थपरक कथा छन् । स्टेथिस सागरदेखि हिमालसम्ममा के लिम्ब मिथक, स्वच्छन्दतावाद र स्वैरकल्पनाको पनि प्रयोग भएको पाइन यस्ता विभिन्न कुराहरू हुँदा हुँदै निम्न वर्गका पक्षमा बोलिएका उहा कथाभित्र पाइने मूल प्रवृति प्रगतिवाद हो ।
झापाली सष्टा र साहित्य/६२
सङ्ग्रहका कथा लेखन शिल्पमा प्रौढता र परिपक्वता देखिन्छ । विचारप्रधान ओलीका कथाले प्राप्त गरेको विशिष्टताका आधारमा अब ओलीलाई झापामा निक्कै राम्रो कथा लेखकका रूपमा चिन्नुपर्ने देखिन्छ । प्रलेस झापाका पूर्व अध्यक्ष ओलीले ‘सुखानी’ पहिलो अङ्ग, शनिश्चरे माविबाट प्रकाशित ‘उषा’ का केही अङ्ग र झापाली कविता (२०५५) को सम्पादनसमेत गरेको देखिन्छ । यसरी २०२७ यता अद्यावधि साहित्य लेखन र गतिविधिमा निरन्तर क्रियाशील रहेका ओली झापाली साहित्यमा क्रान्तिकारी विचार बोकेका प्रखर स्रष्टा मान्निथिए ।







