• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

केर्खामा बसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु, पूर्वपश्चिम राजमार्ग सुचारु


  •    संवाददाता/ बिहिबार, कार्तिक ०८, २०८१  

  • काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४३३१ नं को रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं.३ का मनोज लिम्बूकी अन्दाजी ९ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा ६० वर्षीय टेकबहादुर लिम्बूको रहेका छन् ।

    Advertisement

    ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको थियो । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरेका थिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका यातायातका साधन शिवसताक्षीस्थित कमल खोलाको पुलमा रोकिएका थिए भने पूर्वतर्फ आउने यातायातका साधन सीतापुरीमा रोकिएका थिए । जसका कारण गन्तव्यमा पुग्ने यात्रु बीचबाटोमै अलपत्र परेका थिए ।

    Advertisement

    केर्खा बजारमा रहेको प्रहरी बिट आगजनी गरेर ध्वस्त बनाइदिएका छन् । आगलागी नियन्त्रणका लागि तयारी अवस्थामा रहेको दमकल ३०० मिटर नजिकको प्रहरी बिटमा लगाइएको आगो निभाउन आउन सकेन । प्रहरी चौकीको गेट बाहिरैबाट ढुङ्गामुढा प्रहार गर्दा बसमा क्षति भएको छ भने प्रहरी चौकीको झ्यालमा समेत क्षति भएको छ ।

    यस्तै प्रहरीलाई ढुङ्गा हान्ने क्रममा प्रहरी चौकी अगाडि पार्किङ गरिएको दमकलको सिसा फुटेको छ । भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले केर्खामा दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । जनपद प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको थियो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ पाँच जना र सशस्त्र प्रहरीतर्फ पाँच जना घाइते भएका छन् । उनीहरुको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

    आक्रोशित स्थानीयले केर्खामा रहेको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् । त्यस्तै स्थानीयले ढुङ्गामुढा गर्दा घटनास्थलनजिकै रहेको मे १ ख २७४४ नं.को न्यू सूर्योदय यातायात यात्रुबाहक बसको अगाडीको सिसा चर्किएको छ । त्यस्तै बायाँ साइडको ४-५ वटा झ्यालको सिसा फुटेको छ । साथै, प्रहरीले बल प्रयोग गरि तितरबितर बनाउने क्रममा आन्दोलनकारीहरुले घटनास्थलनजिकै रहेको प्रदेश १-०१-००१ ख ४०३७ नम्बरको अर्को बसको बायाँ साइडको पछाडिको २ वटा सिसाहरु तोडफोड गरेका थिए ।

    यसैबीच दुर्घटनापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसँग चार बुँदे सहमति भएपछि आज बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.