झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका वडा नं.३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।
गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement







