• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सामान्य गालीले पनि कमजोर बनाउँछ बालबालिकाको मनोबल


  •    मणिकुमार लिम्बू/ मङ्गलबार, कार्तिक ०६, २०८१  

  • बालबालिका आफैंमा संवेदनशील हुन्छन् । उनीहरुलाई सानो सानो घटनाले पनि गम्भीर असर गरिरहेको हुन्छ । घर, विद्यालय, साथीहरुमाझ यस्ता घटना जतिबेला पनि यस्ता घटना घटन सक्छ तर त्यसलाई सही तरिकाले सम्बोधन नगरेको खण्डमा उनीहरुको आगामी जीवनमा पनि त्यो घटना दुःखको रुपमा आउने गर्छ ।

    घरमा आमाबुवा झगडा गर्ने स्वभावका छन् र बारम्बार घरमा झगडा गर्छन् भने बालबालिकामा डराउने, कसैसँग बोल्न नखोज्ने, हिच्किचाउने स्वभाव निर्माण हुन्छ । जसको कारण उनीहरुको चौतर्फी सर्वाङ्गीण विकासमा रोकावट पैदा हुने गर्छ । यससम्बन्धी धेरै अनुसन्धान पनि भएका छन्, जसलाई सजिलैसँग खोजेर पनि पढ्न सकिन्छ ।

    Advertisement

    विद्यालयमा विभिन्न बहाना बालबालिकालाई सजाय गरेको पाइन्छ । जस्तै, गृहकार्य नगरेको बहाना, ड्रेस नलगाएको बहाना, राम्रोसँग पढ्न नजानेको बहाना आदिलाई लिन सकिन्छ । यस्तो बहानामा उनीहरुलाई सामान्य गाली मात्र गरेको खण्डमा उनीहरुको मनोबल कमजोर भएर जान्छ । सधैंभभरि उनीहरु आफूहरुलाई कमजोर ठान्ने गर्छन् । हेर्दा सामान्य विषय जस्तो लागे पनि बालबालिकाको दृष्टिकोणबाट यसलाई हेर्ने हो भने निकै महत्त्वपूर्ण रहन्छ ।

    Advertisement

    बालबालिकालाई भविष्यको कर्णधार मात्र नभनेर वर्तमानका महत्त्वपूर्ण साझेदार हुन र वयस्कहरुले एक महत्त्वपूर्ण साझेदारको रुपमा व्यवहार गर्न सके उनीहरु अहिलेबाटै निडर, आफ्नो कुरा प्रष्टसँग राख्न सक्ने, कुनै कुरामा निर्णय लिन सक्ने जस्तो बानी वा स्वभावको विकास हुन्छ । नेपालले बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा सन् १९९० सेप्टेम्बर १४ मै हस्ताक्षर गरिसकेको छ । नेपाल पक्ष राष्ट्र भएको हैसियतले पनि त्यहाँ भएका प्रावधान कार्यान्वयन गर्नु जरुरी हुन्छ तर व्यवहारमा अझै पनि बालबालिकाले समस्या भोग्नु परेको छ ।

    जन्मदर्ता नभएको, अनुशासन नभएको, राम्रोसँग पढ्न नजानेको जस्ता बहानामा बालबालिका पढ्न पाउने हकबाट बञ्चित हुनुपरेको छ, जुन महासन्धिमा भएको प्रावधान विपरीत छ ।

    बालबालिकालाई डरत्रासले भन्दा पनि आत्मीय वातावरणले सकारात्मक प्रभाव पार्छ । उनीहरुलाई हौसला चाहिएको हुन्छ । तर वयस्क मानिसहरुले आफू बालबालिका हुँदा भोगेको समस्यालाई भुलेर उनीहरुलाई त्यस्तो किसिमको व्यवहार गरेकाले बालबालिका सिर्जनशील कार्यमा भन्दा पनि अनुत्पादक कार्यमा लाग्ने गरेको छ । कक्षा १ मा १०० जना विद्यार्थी भर्ना भएकोमा मुस्किलले ३६ जना बालबालिका कक्षा १० पूरा गरेको अध्ययनले देखाउँछ भने अन्य बालबालिका विद्यालय छोडेको पाइन्छ । सामान्य रुपमा कुनै एक जना शिक्षकले गाली गरेको बहानामा पनि विद्यालय छोड्ने बालबालिकाहरु भेट्न सकिन्छ ।

    उदाहरण मेरो बुवा आज भन्दा करिब ६० वर्षअघि शिक्षकले बेस्सरी पिटेका कारण कक्षा ३ पढ्दापढ्दै विद्यालय छाडे फेरि त्यस्तै पिटाई खाने डरले पढाइ छाडेको कुरा घरमा घरीघरी गरिरहनुहुन्छ । यदि त्यो घटना नभएको भए सायद आज म यहाँ हुने थिइनँ, पक्कै पनि यो भन्दा राम्रै ठाँउमा हुने थिएँ होला भनेर गुनासो राख्नुहुन्छ ।

    यसरी एक जना शिक्षकको सामान्य गल्तीका कारण कुनै बालबालिकाको भविष्य बिग्रन सक्छ । त्यसकारण यो अति नै संवेदनशील विषय रहेको छ । यसमा नेपाली समाजले जति छलफल चलाउनुपर्ने हो त्यो चलाएको पाइँदैन । अनि देश बनेन भनेर केवल गुनासो मात्र गर्ने गरेको पाइन्छ । जो मानिस अबको १५-२० वर्षमा वयस्क भएर कुनै स्थानको नेतृत्व गर्न तयार छन्, उनीहरुलाई बेवास्ता गरेर पक्कै पनि नेपाली समाज बन्न सक्दैन । उनीहरुलाई अहिलेबाटै प्रशिक्षित गरेर लैजान जरुरी छ ।

    विद्यालय पाठयक्रम पनि त्यस्तो विषयवस्तु समेट्न जरुरी छ, जो विद्यालयबाट घर फर्किसक्दा त्यसको प्रयोग घरमा गर्न सकियोस् । जस्तो बालबालिकालाई विद्यालय, घरपरिवार र समाजलाई जोड्न सकोस् तर अहिलेको पाठयक्रमले यी सबै कुरालाई जोड्न सकेको देखिंदैन । जसकारण बालबालिकामा पढ्ने लगाव बढेको देखिंदैन । सिद्धान्त घोकाएर, गणितका ठूला-ठूला भ्यालु क्याल्कुलेसन गराएर व्यवहारमा त्यसलाई उतार्न सकिंदेन । यस्ता विषयले बरु पढाइप्रति वितृष्णा पैदा गर्छ । त्यसकारण बेलैमा यो विषय सोच्न सकिएन भने उच्च शिक्षा अध्ययनमा विद्यार्थीको जुन खडेरी अहिले त्रिवि लगायतका विश्वविद्यालयहरुमा छ, अबको दिनमा विद्यालयमा पनि आउन सक्दैन भन्न सकिंदैन ।

    देशमा केही गर्न सकिंदैन अब यहाँ बसेर कुनै भविष्य छैन ? पढेर पनि अन्तिममा विदेश नगई हुँदैन भन्ने भाष्य अहिले क्याम्पसका विद्यार्थीमा त छँदैछ, विद्यालय तहका विद्यार्थीमा पनि यो भाष्य व्यापक रुपमा रहेको छ । १२ कक्षा पास गर्न सके विदेश जान सकिन्छ भनेर उनीहरुले आफ्नो पढाइको अन्तिम गन्तव्य १२ कक्षालाई मात्र बनाएको छ । राज्यका लागि यस्तो किसिमको धारणा बनिनु पक्कै पनि राम्रो हुन सक्दैन । युरोपमा देखिएको उमेरको समस्या अब नेपालमा पनि चाँडै देखिनेवाला छ, यसलाई नियन्त्रण गर्न लागि घरपरिवार हुँदै विद्यालय तहबाटै सबैले काम गर्ने अवस्था आएको छ । (लिम्बू बालअधिकारकर्मी हुन् ।)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.