साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा सोमबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ११-० गोलले हराएको हो ।
नेपालको जीतमा रेखा पौडेलले ५, प्रीति राईले ह्याट्रिक तथा सबिता राना मगर, अमिशा कार्की र अनिता केसीले १-१ गोल गरेका थिए ।
Advertisement
यो जीतसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
यस्तै भुटान ४ अङ्कसहित दोस्रो, श्रीलङ्का ३ अङ्कसहित तेस्रो र माल्दिभ्स अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।







