झापाको अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ ।
गएराति ८ बजे अर्जुनधारा नगरपालिका वडा नं.६ बस्ने सवनम मस्कराका छोरा दुई वर्षीय शिवयम मस्कराको फलामको गेटले किचेर मृत्यु भएको हो । आमा श्रेया अग्रवालसँग सोही ठाउँमा रहेको मामाघर ऋषि अग्रवालकोमा पाहुना आई फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर बालकलाई किचेको थियो ।
घाइते बालकलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज बिहान ६:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







