जंगली हात्तीको बथानले झापाको बुद्धशान्ति गाउँपालिका-२ स्थित जयपुर बोर्डिङ स्कुलको भवन भत्काएको छ ।
गएराति चार-पाँच वटा जंगली हात्तीले विद्यालय भवन भत्काएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन् ।
राति करिब ९ बजेतिर आएका जंगली हात्तीले विद्यालय भवनमा क्षति पुर्याएका हुन् । हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काएको भण्डारीले बताए ।
Advertisement







