इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ ।
गएराति ९:३० बजेतिर घर नजिकै रहेको धान खेतमा आएको हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट चुलाचुली-१ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारका क्रममा राति १०:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement







