इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताउनुभएको छ ।
अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भन्नुभयो, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’
उहाँले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।’
Advertisement







