झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत चारआली-चन्द्रगढी सडकखण्डको भद्रपुर नगरपालिका-१० स्थित हनुमान चोकमा गएराति ९:५० बजे चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल चालक भद्रपुर-१० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको हो । घाइते भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका-१० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर-८ का २५ वर्षीय संजिप गिरी घाइते भएका छन् । राउत र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







