मेची नदीले बगाउँदा महिलाको मृत्यु भएको छ ।
बिहानको राति २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर-७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको शव आज बिहान ३:३० बजेतिर भारत दार्जिलिङ अन्तराजजोत स्थित मेची नदीको किनारमा भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामाले बताए ।
उनले भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको जानकारी दिए ।
Advertisement







