विगत ११ महिनादेखि हङकङमा रहेका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् ।
वडाध्यक्ष बोखिमले गाउँपालिकाका अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
२०८० साल कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले नागरिकको सेवा गर्न नसकेकोमा दु:ख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामा पत्रमा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
Advertisement







