अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ भने ४३ जना अझै बेपत्ता छन् ।
गृह मन्त्रालयका अनुसार काठमाडौँको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ ।
१० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परेर ११ जना घाइते भएका छन् ।
Advertisement
करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ । आइतबार मात्र काभ्रे, सिन्धुली, ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।







