झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ मेनेजमेन्टले पर्यटन र शान्तिको नारासहित शुक्रवार विश्व पर्यटन दिवसलाई लक्षित गरी ऎक्यबद्वता जनाएको छ ।
स्कुलले प्रत्येक सेप्टेम्बर २७ तारिखका दिन अन्तर्राष्ट्रिय दिवस मनाउने छ । नेपालको पर्यटन नै देशको मुख्य आर्थिक उपार्जनको एक श्रोत हुनेमा दुई मत नरहेको स्कुलले जनाएको छ ।
सेवा प्रदायक संघसंस्थाले पर्यटनलाई एक महत्त्वपूर्ण अवसरको रुपमा लिनु पर्न भएकालेसमेत होटेल मेनेजमेन्टका विद्यार्थीलाई आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले विविध कार्यक्रम गरेर पर्यटन दिवस मनाएको हो ।
Advertisement
आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा गरिएको कार्यक्रममा ३५० बढी विद्यार्थीको सहभागीता रहेको कलेजका बजार तथा इभेन्ट कोडिनेटर दीपक दासले जानकारी दिए ।







