झापाको कचनकवलमा किशोरी खोला तर्ने क्रममा बेपत्ता भएकी छन् ।
कचनकवल गाउँपालिका वडा नं.१ झकुवाटोलि बस्ने पचूँ राजवंशीकी १४ वर्षीया छोरी नेहारिका राजवंशी खोला तर्ने क्रममा साइकलसहित बेपत्ता भएकी हुन् ।
भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा कचनकवल-१ चमारभिट्टा स्थित जमुना खोला पुलबाट दिउँसो ३:३० बजे साइकलसहित बेपत्ता भएको प्रहरीले जनाएको छ ।
Advertisement
स्थानीयबासी, जनप्रतिनिधि सुरक्षाकर्मीसहित खोजि कार्य जारी रहेको बताइएको छ ।







