• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अविरल वर्षाले झापामा तीन दर्जन परिवार विस्थापित, सबैभन्दा बढी बिर्तामोडमा


  •    संवाददाता/ शुक्रबार, असोज ११, २०८१  

  • केही दिनदेखिको अविरल वर्षाका कारण झापामा करिव तीन दर्जन परिवार विस्थापित भएका छन् ।

    जिल्ला विपद् कार्यालय झापाले संकलन गरेको तथ्यांक अनुसार जिल्लामा ३१ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेहरुमा सबैभन्दा बढी बिर्तामोडका रहेका छन् । बिर्तामोडका १८ परिवार विस्थापित भएका हुन् ।

    Advertisement

    केही दिनदेखि अबिरल बर्षाका कारण अधुवा खोलामा आएको बाढीले बिर्तामोड-३ सिर्जना टोलमा पानीको बहाव पसेर ९ परिवार विस्थापित भएका छन् । सिर्जना टोल बस्ने कुलबहादुर दर्जी, अम्बिकाबहादुर दर्जी, लुकाश माझी, कृष्णबहादुर दर्जी, नरमाया दर्जी, अनुज माझी , प्रमिला दर्जी, पदमबहादुर दर्जी र इन्द्रराम दासको परिवार विस्थापित बनेका हुन् ।

    Advertisement

    घरमा पानी पसेर क्षति भएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबजारबाट टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सार्ने कार्य गरिएको बिर्तामोड प्रहरीले जनाएको छ । उनीहरुको घरभित्र रहेका अन्तपात ,लत्ताकपडालगायत अन्य सरसामानहरु भिजेको डीएसपी प्रकाश विष्टले बताए ।

    त्यस्तै बिर्तामोड-५ नमुना टोल र वडा नं.४ मान्डा टोल बस्ने पाँच परिवार विस्थापित भएका छन् । वडा नम्बर-५ नमुना टोल बस्ने गिता अधिकारी, सोही टोल बस्ने कृष्ण सुवेदी, शेरबहादुर अधिकारी, वडा नं ४ को मान्डा टोल बस्ने कलाम मिया र मुना मुस्ताकको परिवार विस्थापित बनेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

    त्यस्तै बिर्तामोड वडा नं ८ बाह्रबिघे बस्ने तीन परिवार बिस्थापित भएका छन् । बाह्रबिघेका गिता भुजेल, चण्डिका दाहाल र मनमाया तामाङको परिवार बनेको डीएसपी विष्टले जानकारी दिए । अस्थाई प्रहरी चौकी गरामनीबाट टोली खटिएर स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

    त्यस्तै बिर्तामोड-५ भुसुनेस्थित शान्तिकुमारी गुरुङको घरभित्र नजिकै रहेको कल्भर्टको पानीको बहाव पसेर घरभित्र रहेका अन्नपात,लत्ताकपडालगायत अन्य सामानहरु भिजेकाले प्रहरी र स्थानीयको सहयोगमा छिमेकीको घरमा लगेर राखिएको छ । गाईगोठमा समेत पानी पसेपछि गाईबाख्राहरु सुरक्षित स्थानमा राखिएको जनाइएको छ ।

    त्यसैगरी कनकाई नगरपालिका वडा नं.३ झर्ना बस्तीमा सन्का खोला र सुरुङ्गा खोलाको पानीको बहाब पसेर ११ परिवार विस्थापित भएका छन् । कनकाई नगरपालिका वडा नं ३ झर्ना बस्ती बस्ने सनम गुरुङ,अनिस मगर, सुशिला हस्दा, बलबहादुर लिम्बू, कमल टुडू, बुद्धिलाल टुडू, मिना सोरेन, राजकुमार टुडू, सुनिराम हस्दा, बिसु मर्डी र पहलमान तामाङको परिवार विस्थापित बनेका हुन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    त्यस्तै कन्काई नदीले कटान सुरु गर्दा दुई परिवार विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका-१० बस्ने अमर ऋषिदेव र किरण ऋषिदेवको परिवार विस्थापित बनेका हुन् ।

    शिवसताक्षी नगरपालिका वडा नं.१० बिहानी टोलको पश्चिमतर्फबाट कन्काई खोलाले कटान सुरु गरेको हो । उक्त टोलको १५ घरमध्ये ती दुईवटा घर अति जोखिममा परेपछि शिवसताक्षी नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वयमा मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको हो ।

    त्यसैगरी शिवसताक्षी नगरपालिका वडा नं.७ को होली टोलका अन्दाजी २०-२२ घरमा सताक्षी खोलाको पानी पसेर डुवान भएको छ । घरमा सामान्य पानी पसेको र तत्काल क्षति गर्ने सम्भावना नरहेकोले उनीहरुलाई स्थानान्तरण नगरिएको जिल्ला विपद् कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.