तराईका जिल्लामा गर्मी अत्यधिक बढेको छ ।
आज दिउँसो तराई मधेशका जिल्लामा रहेका सबैजसो मापन केन्द्रहरूले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै देखाएका छन् ।
यस्तै ललितपुरको खुमलटारमा दिउँसो अधिकतम तापक्रम ३२ दशमलव सात डिग्री सेल्सियस पुगेको छ । मध्य पहाडका उपत्यका तथा खोँचहरूमा रहेका धेरै ठाउँमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ ।
Advertisement
सामान्यतया असोज लागेपछि गर्मी निकै कम हुनुपर्नेमा यो वर्ष केही दिनदेखि गर्मी बढेको तराई मधेशका बासिन्दा बताउँछन् ।







