संविधान विरोधी समूहले झापाको बिर्तामोडमा टायर बालेर विरोध गरेका छन् ।
बिर्तामोड-२ चारपानेस्थित पूर्व-पश्चिम राजमार्गमा ४/५ जनाको समूहले आज बिहान ३:४५ बजे सडकको बीचमा चार वटा सानो टायर बालेका हुन् । टायर बालेर सो समूह फरार भएको छ ।
मोटरसाइकलमा आएका व्यक्तिहरु टायर बालेर फरार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले आफ्नो कार्यालयबाट खटिएको टोलीले टायरको आगो निभाएको जानकारी दिए ।
Advertisement
उक्त स्थानमा कोही शंकास्पद व्यक्ति तथा पर्चा फेला नपरेको प्रहरीले जनाएको छ । संविधानको विरोध गर्ने समूहले टायर बालेर फरार भएको हुन सक्ने बुझिएको छ ।







