• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका उत्कृष्ट विद्यार्थी पुरस्कृत


  •    संवाददाता/ बिहिबार, असोज ०३, २०८१  

  • बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

    ‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

    Advertisement

    प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    Advertisement

    यस्तै भदौ ३० गते आयोजना गरिएको कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ सम्मका विद्यार्थी विच आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । कक्षा १ देखि ५ कक्षासम्मको प्रतियोगितामा दक्षा काफले न्युटन्स एकाडेमी प्रथम, फोक्नाम लिम्बु कन्चन ईंग्लिस बोर्डिङ् स्कुल द्वितीय, श्रुतिका पोखरेल चिल्ड्रेन ईंग्लिस स्कूल तृतीय, अदिती वराल अनारमनी लिबर्टी र पन्चु हेमरम जनता प्रावि सान्त्वना भएका छन् ।

    यस्तै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको लागि आयोजना गरिएको चित्रकला प्रतियोगितामा चेन्जल राजवंशी न्यूटन्स एकेडेमी प्रथम, भव्या लोहारीवाला सेन्ट जेभियर्स स्कुल द्वितीय, सिरोन शिवाकोटी ग्रिनफिल्ड तृतीय र बिनिता मुर्मु चिल्ड्रेन ईन्भारोमेन्ट सान्त्वना भएका छन् । दुवै प्रतियोगिताका विजेता विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    नगरपालिकाले २०८० सालको आधारभूत तहमा उत्कृष्ट (4 GPA) ल्याउने विद्यार्थीलाईसमेत पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा दिप्ति सुवेदी मोहनमाया माध्यमिक, विनिसा अग्रवाल र चिरायु न्यौपाने बाल्मिकी एकाडेमीका रहेका छन् । उनीहरुले जनहि १० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

    पुरस्कृत हुने विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी लगायतले खादा लगाएर नगदसहित प्रमाण पत्र प्रदान गरेका थिए । सोहि कार्यक्रमका विच सेवा निवृत ९ जना शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.