• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सिम्रिक साकोसको अध्यक्षमा पुन: भट्टराई निर्वाचित


  •    संवाददाता/ बिहिबार, असोज ०३, २०८१  

  • झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: सुवास भट्टराई निर्वाचित भएका छन् ।

    उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् । निर्वाचन कार्यक्रमबाट उनीसहित पुरानै समिति दोहोरिएको छ ।

    Advertisement

    संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेहरमान बिष्ट निर्विरोध निर्वाचित भएका छन् ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा लीला अधिकारी मुखिया, शशिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविन योगी पनि निर्बिरोध निर्वाचित भएका छन् ।

    त्यसैगरी लेखा समितिको संयोजकमा रमेशकुमार अधिकारी, सदस्यमा मीनप्रसाद गुरागाई र ओमराज राई पनि निर्विरोध निर्वाचित भएका छन् । संस्थाको १४ औं माइन्युट प्रमाणिकरण सभामा निर्वाचित पदाधिकारी, सदस्य र लेखा समितिलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको छ ।

    साधारण सभाका अवसरमा दुई जना पत्रकारसहित संस्थाका उत्कृष्ट सेवाकेन्द्र र बचतकर्तालाई सम्मान गरिएको थियो । संस्थाले प्रेस युनियन माईपश्चिमका संयोजक विष्णु पौडेल र प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियारलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

    त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजय साह, विरबहादुर राई र फूलमाया तामाङ, पर्शुराम बस्नेतलाई सम्मान गरिएको छ भने उत्कृष्ट सेवाकेन्द्रका रुपमा सेवाकेन्द्र धुलाबारी र मधुमल्लालाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै सदस्य बब्ली खातुनलाई एउटा सिलाई मेशिन प्रदान गरिएको थियो ।

    उक्त अवसरमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतलगायतले सम्मान एवम् पुरस्कार प्रदान गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, झापा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य केशव बस्नेत, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.