शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसर पारेर प्रधानाध्यापक अम्विका श्रेष्ठलाई पुरस्कृत गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नं.५ स्थित देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक श्रेष्ठलाई यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको हो ।
श्रेष्ठले नेतृत्व गरेसँगै विद्यालयमा विद्यार्थीको चाप बढ्नुका साथै शैक्षिक गुणस्तरमा समेत सुधार आएको भन्दै प्रधानाध्यापक श्रेष्ठलाई झापा जिल्लाबाट छनौट गरी पुरस्कृत गरिएको हो । उनलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत राष्ट्रिय शिक्षा पुरस्कारस्वरूप प्रमाणपत्र प्रदान गरिएको छ ।
Advertisement
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसर पारेर श्रेष्ठसहित देशभरका सामुदायिक विद्यालयका ७४ जना शिक्षकलाई सम्मान गरेको हो । मन्त्रालयले बोलाएपछि आफू पुरस्कार लिन जाने उनले बताइन् ।







