मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
उनका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि पुर्जी जारी भएको हो ।
Advertisement
उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको जनाइएको छ ।







