झापाको बिर्तामोडमा एक महिलाको शव फेला परेको छ ।
बिर्तामोड नगरपालिका वडा नं.६ स्थित गिरीबन्धु टी इस्टेट नजिक पूर्वपश्चिम राजमार्गको छेउमा आज दिउँसो ४:२० बजे अन्दाजी ४५/५० वर्षकी महिलाको मृत अवस्थामा शव फेला परेको हो । मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको छ ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा मुचुल्का बनाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement







