एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा आर्मीले कोशीलाई ५-० गोलले हराएको हो । आर्मीका लागि विमला चौधरी र अनिता लम्जेलले समान दुई तथा हिमा चौधरीले एक गोल गरेका थिए ।
यो जीतसँगै आर्मी ६ खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोशी ६ खेलमा १० अङ्कसहित चौथो स्थानमा छ ।
Advertisement
एन्फा महिला लिगमा आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सङ्कटा क्लबलाई ३-० गोलले हराएको थियो ।







