पाँच वर्षीया एक बालिकालाई मुख मैथुन गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं.३ सैनिकमोडका ५२ वर्षीय प्रदीप शाह रहेका छन् ।
उनले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाईफकाई मुख मैथुन गरेका थिए । त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरुले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए ।
Advertisement
प्रहरीले आइतबार नै साहलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।







